मन्त्रिपरिषद्को निर्णय
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
मङ्गलबार, २२ वैशाख २०८३, १५ : २९
सारांश
- सरकारले वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
- मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
- यसअघि वैशाख १७ गते आह्वान गरिएको अधिवेशन स्थगित गरिएको थियो ।
सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका थिए ।
तर नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम गरिएको अधिवेशन आह्वान वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण