त्रिवि गेट अगाडि चेकिङ, लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ
सारांश
- कीर्तिपुरको त्रिवि गेट अगाडि लागुऔषध सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ परेका छन्।
- ट्राफिक प्रहरीले विशेष चेकिङका क्रममा विद्युतीय माइक्रो बस, जेसिबी र डिआई गाडीका चालकलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ।
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने तीन जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) गेट अगाडि मंगलबार गरिएको विशेष चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा एक जना विद्युतीय माइक्रो बस, एक जना जेसिबी र एक जना डिआई गाडीका चालक रहेका छन्।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरको संयुक्त टोलीले कीर्तिपुर क्षेत्रमा चेकजाँच अभियान चलाएको थियो।
सोही क्रममा लागुपदार्थ सेवन गरेर यात्रु तथा सडक प्रयोगकर्ताको ज्यान जोखिममा पार्ने गरी सवारी चलाइरहेको अवस्थामा उनीहरू फेला परेका हुन्। नियन्त्रणमा लिइएका तीनै जना चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण