बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
सारांश
- बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ ।
- विशेष अदालतका न्यायाधीशत्रयको इजलासले बुधबार यो आदेश दिएको हो ।
- अख्तियारले प्रशासनिक भवन निर्माणको ठेक्कामा मिलेमतो गरी तीन करोड २७ लाख ७८ हजार रुपैयाँभन्दा बढी बिगो र कैद सजाय मागदाबी गरेको थियो ।
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहितका १४ जनाविरुद्धकाे भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार तत्कालीन मेयर शाहसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासनिक भवन निर्माणको ठेक्कामा मिलेमतो गरेर भ्रष्टाचार गरेको ठहर गर्दै शाहसहितका १४ जना र जाग्रिति/एमके/नेपाल जेभीविरुद्ध कैद र बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
अख्तियारले तत्कालीन मेयर शाहसहितका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन समेतका १४ जनासँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो र कैद सजाय माग दाबी गरेको थियो ।
यो मुद्दामा आयोगले तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (अधिकृत छैटौँ) कल्पना कुमारी ठकुल्ला, बुढीगंगा नगरपालिका, बाजुराका तत्कालीन लेखापाल नवराज जोशी,खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक (ना.प्रा.स) सिद्धराज जैसी,प्रशासन सहायक बसन्त बहादुर थापा, ठेक्का पाएको धनगढीको जाग्रिति/एम.के/नेपाल जे.भी., जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति/एम.के./नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहलाई प्रतिवादी बनाएको थियो ।
अख्तियारले प्रचलित कानुन प्रतिकुल हुने गरी लक्षित बोलपत्र दातालाई ठेक्का दिन योग्यताको शर्त तथा मापदण्ड बदनियतपूर्वक परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्र दातालाई स्वीकृत गरेर भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण