महिला उद्यमशीलता प्रवर्द्धनका लागि लक्ष्मी सनराइज बैंक र आईएफसीबिच सहकार्य
काठमाडौँ। लक्ष्मी सनराइज बैंक र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच महिला नेतृत्वका साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्न सम्झौता भएको छ।
‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत बैंकले आईएफसी सँग ‘ग्लोबल डब्लूएसएमई सेक्स डिस्एग्रिगेटेड डाटा (एसडीडी)’ सम्बन्धी सहकार्यका लागि हात मिलाएको हो।
यस कार्यक्रमलाई महिला उद्यमीहरूका लागि वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमन एन्ट्रप्रेनुअर्स फाइनान्स इनिसिएटिभ (डब्लू–फि)’ ले प्राविधिक सहयोग गरिरहेको छ। ‘द डब्लूई–फाइनान्स कोड’ अन्तर्गतको यो साझेदारीले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसी का दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्। यस सहकार्यअन्तर्गत आईएफसी ले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोग प्रक्रियालाई सुदृढ बनाउन सघाउनेछ। यसबाट महिलाको स्वामित्वमा रहेका व्यवसायका चुनौती र आवश्यकता बुझ्न मद्दत पुग्ने बैंकको विश्वास छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण