संवैधानिक परिषद्
प्रधान न्यायाधीश सिफारिसमा मतभेद
बिहीबार, २४ वैशाख २०८३, १९ : १३
१
काठमाडौँ । संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेकोप्रति मतभेद भएको छ ।
प्रचलित परम्परा तोडेर शर्मालाई प्रधान न्यायाधीश बनाउन परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन्। प्रधान न्यायाधीश सिफारिसमा राेलक्रम मिचिएपछि उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
‘वरिष्ठताको आधारमा प्रधान न्यायाधीश सिफारिस हुने यसअघिको प्रचलित परम्परा तोडिएको छ । त्यसमा सहमत हुन सकिएन भन्दै राष्ट्रिय सभा अध्यक्ष र प्रतिपक्षी दलका नेताले असहमति राख्नुभएको छ,’स्रोतले रातोपाटीसँग भन्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण