यातायात क्षेत्रमा कानुनी सुधार गर्न व्यवसायीको ध्यानाकर्षण
काठमाडौँ । यातायात व्यवसायीहरूले विद्यमान नीतिगत तथा कानुनी जटिलताहरू समाधानको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।
ट्रक व्यवसायी पंकज राई नेतृत्वका पुगेको टोलीले मन्त्री सुनिल लम्साललाई बुझाएको पत्रमा कम्पनी ऐन, यातायात अनुमति प्रणाली, बीमा व्यवस्था, सडक सुरक्षा, सामाजिक सुरक्षा कोषलगायत विभिन्न क्षेत्रमा तत्काल कानुनी सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।
पत्रमा कम्पनी ऐनअनुसार प्राइभेट कम्पनीमा दर्ता हुन दिइएको तीन महिनाको समयसीमा अपर्याप्त भएकाले यसलाई छ महिनासम्म बढाउन माग गरिएको छ । साथै नेपाल–भारत पारवहन सन्धिअनुसार विदेशी ट्रकलाई दिइँदै आएको ७२ घण्टे प्रवेश अनुमति घटाएर ४८ घण्टा कायम गर्नुपर्ने, ओभरलोड नियन्त्रणका लागि प्रविधि अनिवार्य गर्नुपर्ने र भन्सार बिन्दुमै कडाइका साथ अनुगमन हुनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, यातायात क्षेत्रमा दुर्घटना तथा पीडित व्यवस्थापनका लागि ‘सडक सुरक्षा परिषद्’ गठन गर्नुपर्ने, तेस्रो पक्ष बीमा सबै सवारी साधनमा सहज रूपमा लागु गर्नुपर्ने तथा बीमा प्रक्रियामा देखिएको अवरोध हटाउनुपर्ने माग गरिएको छ ।
रुट परमिट नवीकरण प्रक्रिया वार्षिक एक पटक मात्र हुने गरी सरलीकरण गर्न, साथै चालक तथा मजदूरहरूको सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गर्न पनि व्यवसायीहरूले आग्रह गरेका छन् । व्यवसायीहरूले यी सुधारहरू कार्यान्वयन भए यातायात क्षेत्र व्यवस्थित हुने, लगानीमैत्री वातावरण बन्ने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण