मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
प्रधान न्यायाधीश सिफारिस

संवैधानिक परिषद्ले किन रोज्यो शर्मा, यस्तो छ प्रधानमन्त्रीको सचिवालयको तर्क

बिहीबार, २४ वैशाख २०८३, २१ : ५९
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
  • शर्माले मुद्दा फर्छ्योटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका छन्।
  • प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले ७ हजार ३ सय ८८ मुद्दाको अन्तिम टुङ्गो लगाएका छन्।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले डा.मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । 

सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषद्ले न्यायाधीश डा. शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्छ्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिए प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ। 

सर्वोच्च अदालतको तथ्याङ्क अनुसार प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाएका छन्। यो सङ्ख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २,१८१ मुद्दा किनारा लगाएका छन् । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उनी एक्लो न्यायाधीश हुन् । यसले न्याय सम्पादनमा शर्माको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गरेको सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप