रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्ट अवरुद्ध
शुक्रबार, २५ वैशाख २०८३, १६ : ०३
मस्काे । दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरे पछि रूसका १३ वटा एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रूसी यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।
दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ–अन–डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमण पछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालय र सङ्घीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण