गुजरात टाइटन्सद्वारा राजस्थान रोयल्स ७७ रनले पराजित
सारांश
- गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गर्दै आईपीएल २०२६ मा ११ खेलबाट १४ अंकका साथ तालिकामा बलियो पकड बनाएको छ ।
- टस जितेर पहिले ब्याटिङ गर्दै गुजरातले कप्तान शुभमन गिलको ८४ रनको मद्दतले ४ विकेटमा २२९ रनको विशाल योगफल खडा गरेको थियो ।
- २३० रनको लक्ष्य पछ्याएको राजस्थान १५२ रनमा समेटियो, जहाँ गुजरातका बलर राशिद खानले ४ र जेसन होल्डरले ३ विकेट लिए ।
काठमाडौँ । आईपीएल २०२६ को गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ७७ रनको सानदार जित दर्ता गरेको छ । यस जितसँगै ११ खेलबाट १४ अंक जोड्दै गुजरातले तालिकामा आफ्नो बलियो उपस्थिति कायम गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल तयार पारेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै साई सुदर्शनले ३६ बलमा ५५ रन र वासिङ्टन सुन्दरले २० बलमा ३७ रनको अविजित योगदान दिए ।
राजस्थानका लागि बलिङतर्फ ब्रिजेश शर्माले २ विकेट लिए भने रविन्द्र जडेजा र यश पुञ्जाले समान १–१ विकेट हात पारे ।
२३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्स १६।३ ओभरमा मात्र १५२ रनमा समेटियो । राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए। युवा ब्याटर वैभव सूर्यवंशीले १६ बलमा ३६ रन र ध्रुव जुरेलले १० बलमा २४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
गुजरातको जितमा बलरहरूको प्रदर्शन निर्णायक रह्यो। राशिद खानले ४ ओभरमा ३३ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । त्यस्तै जेसन होल्डरले २।३ ओभरमा मात्र १२ रन दिएर ३ विकेट झारे भने कागिसो रबाडाले २ विकेट लिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण