कोशीटप्पु राष्ट्रिय कबड्डी प्रतियोगिता, आर्मीको विजयी सुरुआत
आइतबार, २७ वैशाख २०८३, ०० : ११
सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा आजदेखि प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद क्लब सुनसरीको आयोजनामा इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले कोशी प्रदेशलाई ४५–२५ अङ्कले पराजित गरेको छ । सो खेलमा आर्मीकी अनुजा कुलुङ राई म्यान अफ दी म्याच घोषित भइन् ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले गरेका थिए । प्रतियोगितामा सात प्रदेशका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली सहभागी छ । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी तथा तेस्रो हुने दुई टोलीलाई रु २५–२५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता यही वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
-
राष्ट्रियसभामा ९ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
-
राष्ट्रियसभामा भाडा समायोजनदेखि सीमा समस्यासम्मका विषयमा सरकारको ध्यानाकर्षण
-
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण