सर्यो बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
सारांश
- बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीहरूको परीक्षाको कारण सारिएको छ ।
- विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गर्दै प्रतियोगिताको मिति जेठ १३ देखि १५ सम्म तय गरिएको छ ।
- प्रतियोगिता मकवानपुर र काठमाडौँमा सञ्चालन हुनेछ र १३ वटै जिल्ला खेलकुद विकास समितिहरूलाई खेलाडीहरूको विवरण पठाउन निर्देशन दिइएको छ ।
मकवानपुर । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सारिएको हो ।
परिषद्को पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने भनिएको थियो । परिषद्ले विद्याथीहरुको परीक्षाको कारण प्रतियोगिता सारेको जनाएको छ । परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगिताको मिति जेठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने गरी तयारी गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको वार्षिक परीक्षाको कारण साबिकको मितिमा प्रतियोगिता सञ्चालन गर्न असहज हुने देखिएकाले मिति परिवर्तन गरिएको उनले बताए । परिषद्ले जिल्ला छनोटबाट आएका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई नयाँ तय गरिएको मितिमा सहभागी हुन र सोही अनुसार तयारी अवस्थामा रहन उनले आग्रह गरे ।
प्रतियोगिता मकवानपुर र काठमाडौँमा सञ्चालन हुने उनले बताए । परिषद्ले १३ वटै जिल्ला खेलकुद विकास समितिलाई सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको विवरण यथाशीघ्र परिषद्मा पठाइदिन समेत उनले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण