थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा रिहा
सारांश
- भ्रष्टाचार मुद्दामा सजाय भोगिरहेका थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा बैंककको जेलबाट रिहा भएका छन् ।
- स्वास्थ्यको कारण देखाउँदै विशेष वार्डमा सजाय भोगिरहेका ७६ वर्षीय थाक्सिनलाई राम्रो आचरण र उमेरका कारण प्यारोलमा रिहा गरिएको हो ।
- रिहा भएपछि उनी आगामी चार महिनासम्म निगरानीमा रहनेछन्, बैंककमा बस्नुपर्नेछ र इलेक्ट्रोनिक ब्रेसलेट लगाउनुपर्नेछ ।
बैंकक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा रिहा भएका छन् । दशकौँदेखि थाइल्यान्डको राजनीतिमा विवाद र ध्रुवीकरणको केन्द्र रहेका पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचार मुद्दामा एक वर्षको जेल सजाय सुनाइएकाे थियाे ।
७६ वर्षीय थाक्सिनले सोमबार रिहा हुनुअघि आठ महिना जेलमा बिताएका थिए । बैंककको क्लोङ प्रेम केन्द्रीय कारागार बाहिर उनको स्वागत गर्न लगभग ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए । समर्थकहरूले थाक्सिनको नाममा नारा लगाइरहेका थिए । तर उनले मिडियासँग कुरा गर्न अस्वीकार गरेका छन् ।
थाक्सिन शिनावात्रा दूरसञ्चार व्यवसायमा संलग्न एक अर्बपति व्यापारी थिए । उनले सन् १९९८ मा आफ्नै राजनीतिक दल गठन गरे र २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बने । २००६ मा सैन्य विद्रोहमा उनको सरकार अपदस्थ गरियो ।
त्यतिबेला उनी विदेश भ्रमणमा थिए । त्यसपछि थाई राजनीतिले लगभग दुई दशकसम्म तीव्र राजनीतिक द्वन्द्व र ध्रुवीकरण भोग्यो । थाक्सिनमाथि शक्तिको दुरुपयोग, आफ्नो व्यावसायिक स्वार्थलाई फाइदा पुर्याउने र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो । उनको अनुपस्थितिमा उनलाई दोषी ठहराइएको थियो ।
यद्यपि, २०२३ मा उनी घर फर्किए र अदालतमा उपस्थित भए । सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको भए पनि थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले पछि सजाय घटाएर एक वर्षमा झारेका थिए ।
स्वास्थ्यको कारण देखाउँदै थाक्सिनलाई बैंककको प्रहरी अस्पतालको विशेष वार्डमा आफ्नो सजाय बिताउन अनुमति दिइएको थियो । विपक्षीहरूले उनलाई विशेष उपचार प्रदान गरेको आरोप लगाए । त्यसपछि, सेप्टेम्बर २०२५ मा सर्वोच्च अदालतले उनलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो ।
हालै, न्याय मन्त्रालयको एक समितिले राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराध गर्ने सम्भावना कम भएको उल्लेख गर्दै उनको प्यारोललाई स्वीकृत गरेको छ । रिहा भएपछि उनी आगामी चार महिनासम्म निगरानीमा रहनेछन् ।
उनले बैंककमा आफ्नो घरमा बस्नुपर्नेछ, इलेक्ट्रोनिक निगरानी ब्रेसलेट लगाउनुपर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण