समाचार
प्रधानमन्त्रीबारे एमालेले राख्यो ३ आपत्ति
सोमबार, २८ वैशाख २०८३, १८ : २१
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीबारे प्रतिनिधि सभा बैठकमा ३ आपत्ति राखेको छ ।
एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै ३ आपत्ति जनाएका हुन् ।
सांसद बरालले प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पोसाक नलगाएको बारे आपत्ति जनाए । ‘राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्ने हो कि होइन । सभामुखमार्फत रुलिङको माग गर्दछु,’ सांसद बरालले भने ।
त्यस्तै एमाले सांसद बरालले नीति र कार्यक्रमको प्रधानमन्त्री शाहले बिचमै बहिष्कार गरेर हिँडेकोमा पनि आपत्ति जनाए । उनले प्रधानमन्त्रीको नीति र कार्यक्रमको दृष्टिकोण के हो भन्दै प्रश्न पनि गरे । त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर संवाद र छलफल गरेकोबारे पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान विश्वकपको नकआउटमा पुग्ने सम्भावना कति ? यस्तो छ समीकरण
-
‘जाइन्ट किलर’ ले इतिहास रच्दा विश्वकपकै सबैभन्दा भावुक क्षण बन्यो
-
हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’
-
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
-
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
-
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण