नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ एकैदिनमा सकिने
सोमबार, २८ वैशाख २०८३, १८ : २५
सारांश
- सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ एकैदिनमा सकिने भएको छ।
- सभामुख डोलप्रसाद अर्यालले वैशाख ३० गते नीति तथा कार्यक्रममाथि दलीय छलफल र प्रधानमन्त्रीको जवाफका लागि समय छुट्टयाइएको जानकारी दिए।
- नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न वैशाख २९ गते दिउसो २ बजेसम्मको समय दिइएको छ।
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ एकैदिनमा सकिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल र प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिनका लागि वैशाख ३० गतेको समय छुट्टयाइएको जानकारी दिए।
सभामुख अर्यालले त्यसदिन नीति तथा कार्यक्रममाथि धारणा राख्ने सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा वैशाख ३० गते प्रतिनिधि सभा बैठक बस्नुभन्दा एक घण्टा अगाडि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई उपलब्ध गराउन आग्रह गरेका छन्।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न २०८३ वैशाख २९ गते बिहान १० बजेदेखि दिउसो २ बजेसम्म दिनको समय छुट्टाइएको पनि सभामुख अर्यालले बैठकमा जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण