शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमबारे के भने हर्क साम्पाङले ?

सोमबार, २८ वैशाख २०८३, १९ : ०७
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका छन् । 

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धरै क्षेत्रमा छोएपनि कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका हुन् । त्यस्तै सरकारको कार्यक्रम धेरै महत्त्वाकाङ्क्षी रहेकाले व्यवहारिक होला–नहोला भन्ने प्रश्न रहेको उनले बताए । 

उनले सरकारले आफ्ना कार्यक्रमलाई कार्यान्वयन गर्न धेरै मेहनत गर्नुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप