बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला
सारांश
- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।
- उनले संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याईको नाममा आक्रमण भइरहँदा गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था भएको बताए ।
- उनले कांग्रेससँग आबद्ध हजारौँ युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा भूमिकालाई भावनात्मक एकताले मात्र सुनिश्चित गर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनले बृहत्तर एकतामा ठेस पुगेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको समग्र एकताविना राष्ट्रिय राजनीतिमा सार्थक भूमिका खेल्न नसकिने उल्लेख गरेका हुन्।
सोमबार गरिएको १९ जना केन्द्रीय सदस्यको मनोनयनप्रति असन्तुष्टि जनाउँदै डा. कोइरालाले कांग्रेसको १४ औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५ औँ महाधिवेशन सम्पन्न गरिनुपर्ने बताएका छन्। उनले आगामी महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने र कांग्रेस एकताको मुख्य आधार नै यही हुनुपर्नेमा जोड दिएका छन्।
विगतको निर्वाचन परिणामबाट पाठ सिक्नुपर्ने बताउँदै उनले विभाजित कांग्रेसले नागरिकको भरोसा र विश्वास गुमाउने खतरा औँल्याएका छन्। ‘कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो र यसमा पद र व्यक्तिको कुरा गौण हुन्छ’ भन्दै उनले नयाँ सोच र साझा भावबाट अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्। स्थानीय र प्रदेश तहको आगामी निर्वाचनमा नागरिकको भरोसा जित्न नसके राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि प्रश्न उठ्ने उनले चेतावनी दिएका छन्।
संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर ‘लोक रिझ्याई’ (पपुलिज्म) को नाममा आदर्श र सिद्धान्तमाथि आक्रमण भइरहेको समयमा पार्टी गुट–उपगुटमा विभाजित हुनु उदेकलाग्दो अवस्था रहेको कोइरालाको भनाइ छ। उनले भने, ‘आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।’
पार्टीमा आबद्ध हजारौँ युवा र त्यागी कार्यकर्ताको भविष्य सुनिश्चित गर्न भावनात्मक एकता र नागरिक मैत्री पार्टी निर्माण आवश्यक रहेको उनले उल्लेख गरेका छन्। पार्टीको निर्णायक भूमिकामा रहेका नेताहरू सामूहिक भावना र साझा विचारबाट अगाडि बढ्नेमा आफू आशावादी रहेको डा. कोइरालाले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण