ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?
मङ्गलबार, २९ वैशाख २०८३, १६ : ०९
सारांश
- राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन्।
- उनले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती दिएका छन्।
- उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै मन्त्रीका घरमा डोजर किन नलागेको भनेर प्रश्न गरेका छन्।
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए ।
‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ ।
उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् ।
सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण