बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
समाचार

प्रदेश सरकार फेरबदलबारे गुण्डुमा छलफल

मङ्गलबार, २९ वैशाख २०८३, २२ : १७
मङ्गलबार, २९ वैशाख २०८३

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच भेटवार्ता भएको छ । 

ओली निवास भक्तपुरमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबराबिच मंगलबार साँझ भेटवार्ता भएको हो । 

दुई पार्टीका नेताबिच विगतको सहमतिअनुसार प्रदेश सरकार हेरफेर गर्ने समय भएकाले सोही विषयमा कुराकानी भएको बताइएको छ । त्यस क्रममा नेताहरूबिच कांग्रेस, एमाले, नेकपा सहकार्य गरेर जाने विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार दुई दलबिच पुरानो सहमतिअनुसार प्रदेश सरकार फेर्ने बेला भएको छ । 

‘पहिला देउवासँगको सहमतिअनुसार सुदूरपश्चिम र कोशीको सरकारलाई निरन्तरता दिने हो,’ स्रोत भन्छ, ‘कर्णाली र लुम्बिनीमा एमाले छाड्ने कांग्रेसले सरकारको नेतृत्व गर्ने, गण्डकी र बागमतीमा कांग्रेसले छाड्ने र एमालेले गर्ने हुन सक्छ ।’

त्यसबाहेक अहिलेको अवस्थामा नेकपालाई समेत समेट्न प्रयास गर्नेबारे नेताहरूबिच आन्तरिक कुराकानी भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप