केरा खाने बित्तिकै किन खानु हुन्न पानी ?
सारांश
- केरा खाएपछि तुरुन्तै पानी पिउँदा ग्यास, एसिडिटी र पेट फुल्ने जस्ता समस्याहरू हुन सक्छन् ।
- केरामा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, कार्बोहाइड्रेट, स्वस्थ बोसो, पोटासियम, म्याग्नेसियम, तामा, भिटामिन ए, सी र बी–६ जस्ता पोषक तत्त्वहरू पाइन्छन् ।
- केरा खाएपछि कम्तीमा ३० मिनेट पर्खेर पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
काठमाडौँ । केरा खाने बित्तिकै पानी पिउँदा पेट खराब हुनसक्छ । धेरै मानिसहरूले यसलाई पुरानो मान्यता ठानेर बेवास्ता गर्छन् । तर यस भनाइको पछाडि केही कारणहरू छन् । आजको यस लेखमा हामी केरा खाएपछि तुरुन्तै पानी पिउँदा शरीरमा पर्ने प्रभावहरू र यो सल्लाह किन दिइन्छ भनेर कुराकानी गर्नेछौँ ।
केरा निकै पौष्टिक फल हो । यसमा हाम्रो शरीरका लागि आवश्यक धेरै पोषक तत्त्वहरू भएकोले यसलाई सुपर फ्रुर्ट्स पनि भनिन्छ । केरामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जुन पाचन प्रणालीको लागि धेरै राम्रो मानिन्छ ।
यसबाहेक केरामा प्रोटिन, कार्बोहाइड्रेट, स्वस्थ बोसो, पोटासियम, म्याग्नेसियम, तामा, भिटामिन ए, सी र बी–६ पनि हुन्छ । यसले तुरुन्तै ऊर्जा दिने भएकोले बिहानको खाजामा केरा खानु धेरै फाइदाजनक मानिन्छ । यसलाई दही वा अन्य पौष्टिक खानासँग खायो भने यसले थप फाइदा हुन्छ ।
केरा खाएपछि तुरुन्तै पानी पिउनुको असर
केरा खाएपछि तुरुन्तै पानी पिउनाले कसै–कसैलाई पेटको समस्या हुनसक्छ । केरामा पाइने पोषक तत्त्व र पोटासियम चिसो पानीसँग मिसिँदा ग्यास बन्ने, एसिडिटी हुने र पेट फुल्ने जस्ता समस्याहरू हुन सक्छन् । यसले कहिलेकाहीँ पाचन प्रक्रियालाई असर गर्छ र पेटमा भारीपनको अनुभूति गराउन सक्छ । त्यसैले, यसलाई अस्वस्थकर मानिन्छ ।
पानी कहिले पिउने ?
तपाईंले भर्खरै केरा खानुभएको छ भने तुरुन्तै पानी नपिउनुहोस् । कम्तीमा ३० मिनेट पर्खनु राम्रो हुन्छ । यस समयमा शरीरले केराको पोषक तत्त्वहरू पूर्ण रूपमा अवशोषित गरिसकेको हुन्छ, र पानी पिउनु ठिक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण