आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
संसद्

सदन सुचारु गर्न सभामुख र प्रमुख सचेतकबिच परामर्श

बुधबार, ३० वैशाख २०८३, १४ : १७
बुधबार, ३० वैशाख २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षीको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुचारु गर्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका छन् ।
  • नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा उपस्थित भएर दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए ।
  • प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जवाफ दिन समय दिएपछि विपक्षी सांसदहरूले विरोध गर्दा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् । 

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । 

विपक्षी दलका सांसदहरूले विरोध गर्न नछाडेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख दलहरूसँगको परामर्शमा जुटेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप