कहाँ–कहाँ छ मुख्य राजमार्गमा अवरोध ?
बुधबार, ३० वैशाख २०८३, २० : ५३
काठमाडौँ । बागमती र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् । बाढी आउन सक्ने भन्दै बीपी राजमार्ग सडक अन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीले बुधबार राति ८ बजेसम्मको सडकको अवस्थाबारे जानकारी गराएको हो ।
यस्तै पहिरो आउन सक्ने भन्दै हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा सिमकोट राजमार्गमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी कोशी प्रदेशको मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा एकतर्फी सवारी सधान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण