पाकिस्तानमा झडप, १२ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।
आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै विस्फोट गरे पछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन् । एक वरिष्ठ अधिकारीलाइ उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिकहरु मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ ।
अपरेशनको क्रममा, आतङ्ककारीहरूको एउटा समूह फेला परे पछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ । गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा प्रान्तको सबै भन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए) ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानहरू साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको बताएको छ ।
हालैका वर्षहरूमा बीएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानीहरू साथै विदेशी ऊर्जा कम्पनीहरू माथि आक्रमण बढाएको जनाइएको छ । गत वर्ष यो समुहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरे पछि उनीहरु विरुद्धको अपरेसन सुरु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण