ताइवानसम्बन्धी प्रश्नमा मौन बसे ट्रम्प
बेइजिङ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटपछि पत्रकारहरूले सोधेको ताइवानसम्बन्धी प्रश्नमा कुनै प्रतिक्रिया नदिएको देखिएको छ ।
सीएनएनको फुटेजअनुसार दुवै नेता बेइजिङस्थित युनेस्कोको सूचीमा रहेको टेम्पल अफ हेभनमा फोटो सेसनका लागि उभिएका बेला पत्रकारहरूले दुई पटक 'के ताइवानबारे छलफल भयो ?' भनेर सोधेका थिए । तर ट्रम्पले त्यस प्रश्नको कुनै जवाफ दिएनन् ।
त्यस दिन करिब दुई घण्टा लामो वार्तापछि उनीहरूले उक्त ऐतिहासिक स्थलको भ्रमण पनि गरेका थिए । तर चीनको विदेश मन्त्रालयले जारी गरेको विवरणअनुसार ताइवान मुद्दा वार्तामा उठाइएको थियो । सीले ताइवानलाई 'चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा भएको बताएका थिए । उनका अनुसार यदि ताइवान मुद्दा सही रूपमा व्यवस्थापन गरियो भने सम्बन्ध स्थिर रहन सक्छ, तर गलत रूपमा ह्यान्डल गरियो भने द्वन्द्वको जोखिम बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण