रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न, २९ सञ्चारकर्मी दीक्षित
सारांश
- नेपाली सेनाद्वारा सञ्चालन गरिएको ४ दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा २९ जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरियो र ५ एफएम रेडियो स्टेशनहरूलाई सम्मान गरियो।
- यस कार्यक्रमले सञ्चारकर्मीहरूलाई सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता र स्पष्टता ल्याउने विश्वास सेनाले लिएको छ।
काठमाडौँ । नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको ४ दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ।
गत वैशाख २८ गतेबाट सुरु भएको उक्त कार्यक्रमको वैशाख ३१ गते एक विशेष समारोहबीच समापन गरिएको हो।
समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने २९ जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरे। सोही अवसरमा विगत लामो समयदेखि काठमाडौँ तथा आसपासका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका ५ वटा एफएम रेडियो स्टेशनहरूलाई सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत गराइएको थियो। यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ।
सेनाले रक्षा क्षेत्रका समाचारलाई थप प्रभावकारी र तथ्यपूर्ण बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण