बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बीवाईडीले आफ्ना उत्पादनका गाडीहरू यसरी गर्छ परीक्षण, तस्बिरहरू

शनिबार, ०२ जेठ २०८३, ०८ : ०५
शनिबार, ०२ जेठ २०८३

सारांश

  • चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले हरेक एक मिनेटभन्दा कम समयमा एउटा गाडी र हरेक ३ सेकेन्डमा पावर ब्याट्री सेल उत्पादन गरिरहेको छ ।
  • बीवाईडीले झेङ्जाउमा रहेको आफ्नो कारखानाबाट चिनियाँ र अन्तर्राष्ट्रिय बजारका लागि विभिन्न मोडलका गाडीहरू उत्पादन गरिरहेको छ ।
  • आम उपभोक्ताको हातमा गाडी पुग्नुअघि बीवाईडीले आफ्ना हरेक नयाँ मोडललाई आफ्नै रेस ट्र्याकमा कडा परीक्षण गर्ने गर्छ ।

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी बीवाईडीले उत्पादन क्षमतामा नयाँ कीर्तिमान स्थापित गरिरहेको छ ।

मध्य चीनको प्रमुख उत्पादन हबको रूपमा स्थापित कम्पनी बीवाईडीले अहिले हरेक एक मिनेटभन्दा कम समयमा एउटा नयाँ गाडी र हरेक ३ सेकेन्डमा एउटा पावर ब्याट्री सेल उत्पादन गरिरहेको छ ।

सन् २०२१ को सेप्टेम्बरमा झेङ्जाउ एयरपोर्ट इकोनोमी जोनमा स्थापना भएको थियो । बीवाईडीले अहिले उक्त कारखाना सबैभन्दा ठुलो र विस्तृत क्षेत्रफलमा फैलिएको छ । यो कारखानामा विद्युतीय सवारीसाधन (प्यासेन्जर भेहिकल), कोर कम्पोनेन्ट, पावर ब्याट्री, नयाँ सामग्री (न्यु म्याटेरियल्स) र मोल्ड सेन्टरलगायतका परियोजनाहरू सञ्चालित छन् ।

निर्माण सुरु भएको छोटो अवधिमै अर्थात् ६ अप्रिल २०२३ मा बीवाईडीले प्यासेन्जर गाडीको निर्माण कार्य सम्पन्न भई उत्पादन सुरु भएको थियो । निर्माण र सञ्चालनको द्रुत गतिले अटोमोबाइल उद्योगमै एक नयाँ बेन्चमार्क स्थापित गरेको छ ।

byd (1)

बीवाईडीको ‘प्रविधिमा आधारित, नवप्रवर्तन–उन्मुख’ विकास दर्शनलाई यस कारखानामा पूर्ण रूपमा आत्मसात् गरिएको छ।

बीवाईडीले झेङ्जाउमा रहेको उद्योगमा चिनियाँ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै विभिन्न मोडलका गाडीहरू उत्पादन गरिरहेको छ । हालसम्म चिनियाँ बजारका लागि डेन्जा बी ५ र बी ८, बीवाईडी सिल ०७ डीएम–आई उत्पादन गरिसकेको छ । त्यस्तै बीवाईडी सङ प्रो डीएम–आई, बीवाईडी सङ एल डीएम–आई र अन्तर्राष्ट्रिय (विदेशी) बजारका लागि बीवाईडी सार्क, बीवाईडी सिगल/डल्फिन सर्फ/एट्टो १ उत्पादन गरिसकेको छ ।

byd (2)

बीवाईडीको आफ्नै रेस ट्र्याक

त्यस्तै, बीवाईडीले आफ्ना गाडीहरूको उच्च गति, सुरक्षा र प्रदर्शनको ग्यारेन्टी गर्न अत्याधुनिक प्रयोग गर्दै आएको छ । आम उपभोक्ताको हातमा गाडी पुग्नुअघि बीवाईडीले आफ्ना हरेक नयाँ मोडललाई यिनै ट्र्याकहरूमा कडा परीक्षण गर्ने गर्छ ।

byd (3)

कम्पनीको मुख्यालय सेन्जेन र अन्य प्रमुख कारखानाहरूमा रहेका यी परीक्षण ट्र्याकहरूलाई अन्तर्राष्ट्रिय मोटरस्पोट्र्स रेस ट्र्याककै स्तरमा निर्माण गरिएको छ । घुम्तीहरू, उच्च गतिको सीधा बाटो र विभिन्न कठिन सडक अवस्थाहरू समावेश गरिएका छन् ।

byd (4)

विशेषगरी बीवाईडीको लक्जरी ब्रान्ड अन्तर्गतको सुपरकार याङ्वाङ यु जस्ता गाडीहरूको परीक्षण गरिन्छ । यो ट्र्याकमा गाडीको ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र २ सेकेन्डमै तय गर्ने क्षमता र ३०० किलोमिटर प्रतिघण्टाभन्दा बढीको टप स्पिड सफलतापूर्वक परीक्षण भइसकेको छ । त्यसैगरी, बीवाईडी सिल र भर्खरै सार्वजनिक बीवाईडी सार्कजस्ता गाडीहरूको एरोडाइनामिक्स, ब्याट्रीको तापक्रम नियन्त्रण र सन्तुलन समेत ट्र्याकमा नापिन्छ ।

byd (5)

बीवाईडीको रेस ट्र्याक गतिको लागि मात्र नभई नयाँ प्रविधिको परीक्षण केन्द्रका रुपमा विकास भइरहेको छ । रेस ट्र्याकमा विशेष अफ–रोड टेस्टिङ ग्राउन्ड पनि निर्माण गरिएको छ । जसमा गाडीहरूलाई पानी, हिलो, बालुवा र भिरालो बाटोमा कुदाएर तिनीहरूको सहनशीलता समेत जाँच गरिन्छ  । 

byd (6)byd (7)byd (8)byd (9)byd (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप