डीडीसी चिजको प्रमोशनमा प्रधानमन्त्री बालेन
शनिबार, ०२ जेठ २०८३, १४ : १०
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रमोशन गर्दै नयाँ फोटो सार्वजनिक गरेका छन् ।
- डीडीसीले उत्पादन गर्ने याक चिज खाँदै गरेको फोटो उनले फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
- दुग्ध विकास संस्थानले चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि आफ्नो नयाँ फोटो सार्वजनिक गरेका छन् । गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि त्यसले खुब चर्चा पाएको थियो । आज शनिबार पुनः उनले फोटो सार्वजनिक गरेका छन् ।
तर यसपटक उनले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् । डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण