जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार प्रतिवादी पक्राउ
काठमाडौँ । प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाट फरार जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार भएका नवलपरासीको कावासोती नगरपालिका– ३ का २४ वर्षीय निशान तामाङलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महोत्तरी प्रहरीको समन्वयमा बर्दिबास नगरपालिका ५ बाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङमाथि जिल्ला अदालत भक्तपुरले २०७९ कात्तिक २८ गते सूर्यविनायक नगरपालिका–१ बाट ७ वर्षीय छोरीलाई बालयौन दुरुपयोग गरेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा २५ वर्ष कैद र ७ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।
सोही फैसला बमोजिम तामाङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई केन्द्रीय कारागारमै पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण