यस्तो छ प्रेमगीत २को नयाँ गीत ‘न त हाँस्न नै सक्छु...’
काठमाडौं – ‘प्रेमगीत २’को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । १३ साउनबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रबो गतिमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।
विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । कार्की घरेलुको संगीत रहेको गीतमा मनिषा खड्काका शब्द रहेका छन् ।
निकै आकर्षक लोकेसनमा छायाँकन गरिएको यो गीतले दर्शकमा चलचित्र प्रति खुलदुली जगाउन सफल देखिएको छ ।
प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन फिल्मसद्वारा निर्मित चलचित्र नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण