शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २

कीर्तिमानी सन्दीप र ललितको घातक बलिङ, १ सय ९४ रनमा समेटियो स्कटल्यान्ड

सोमबार, ०४ जेठ २०८३, १२ : १२
सोमबार, ०४ जेठ २०८३

सारांश

  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।
  • स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे ।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।

टोलीका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको सानदार इनिङ्स खेले । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र ६ छक्का प्रहार गरे ।

माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । ओपनर जर्ज मुन्सेले ३१ बलमा २१ रन बनाए भने मार्क वाटले ३४ बलमा २० रन जोडे ।

स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे । ललितले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए ।

सन्दीपले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे । उनले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी यो फर्म्याटमा सबैभन्दा चाँडो १५० विकेट लिने बलर बनेका छन् । उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बनाएको रेकर्ड भङ्ग गर्न सफल भए ।

नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप