विद्यार्थीसँग जोडिन ‘रोल नं १’ले ल्यायो स्कुल जीवनकथा प्रतियोगिता
सारांश
- फिल्म 'रोल नं १' ले विद्यार्थीसँग जोड्न स्कुल जीवनकथा भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
- प्रतियोगितामा विद्यार्थीले आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा १ देखि ३ मिनेटको भिडियोमा सुनाउनुपर्नेछ ।
- विजेताले नगद पुरस्कार र सान्त्वना पुरस्कार स्वरूप फिल्मको टिकट पाउनेछन् ।
काठमाडौँ । ‘रोल नं १’ यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । मोफसलका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको फिल्मले अहिले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्कुलले जीवनकथा भिडियो प्रतियोगिता ल्याएको छ । विद्यार्थीलाई फिल्मसँग जोड्न निर्माण युनिटले यो प्रतियोगिता ल्याएको हो ।
प्रतिस्पर्धाका लागि ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ । प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा सङ्घर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ ।
१ देखि ३ मिनेट भित्रको भिडियो मात्र हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको विजेता मध्य पहिलोले ३० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार पुरस्कार जित्न सक्नेछन् । प्रतियोगितामा सान्त्वना पुरस्कार २० जना सहभागीलाई ‘रोल नं १’को टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ ।
विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथामा बनेको हो । अहिलेको शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्मले देखाउनेछ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हसन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्म रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण