हुम्ला र बाजुराको सिमानामा अस्थायी चौकी स्थापना गर्ने विषयमा विवाद
सारांश
- हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा दुई जिल्लाका स्थानीयबीच विवाद हुँदा ५ जना घाइते भएका छन्।
- हुम्लाका स्थानीयले कवारीखोलालाई दुई जिल्लाको सिमाना दाबी गर्दै चौकी निर्माणमा अवरोध गरेपछि विवाद भएको हो।
- विवादका कारण गृह मन्त्रालयले चौकी निर्माणको काम रोक्न निर्देशन दिएको छ।
काठमाडौँ । हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीयबिच विवाद भएको छ । वैशाख ३ मा दुई जिल्लाका स्थानीयको बिचमा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा घर भएका ५ जना घाइते भएका छन् ।
उनीहरूलाई हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा पठाउन लागिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले रातोपाटीलाई बताए । उनले भने, ‘घाइतेहरूलाई अहिले गुम्बा भन्ने ठाउँबाट बोकेर तल ल्याइँदै छ, त्यहाँ हेलिकप्टर पठाउन समन्वय गर्दछु ।’
हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका हुन् । कवारीखोला लाई हुम्लाका स्थानीयले दुई जिल्लाका सिमाना दाबी गरेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । उनले भने, ‘बाजुरातर्फ चौकी निर्माणको काम रोकिएपछि अहिले अवस्था सामान्य भएको छ ।’
विवाद भएपछि गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले चौकी निर्माणको काम रोक्न निर्देशन दिएका थिए । बाजुराका प्रजिअ डोरेन्द्र निरौला भन्छन्, ‘राजनीतिक सिमानाका कुरा माथिल्लो तहबाट छलफल र समाधानको पहल होला ।’
आक्रमणपछि लाम्पाटाबासी घर छाडेर हिँड्नुपर्ने अवस्था आएको त्यहाँका स्थानीयहरूले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण