नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
सारांश
- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा बन्द भएको छ।
- आज ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कारोबार भएको छ।
- फाइनान्स समूह बाहेक अन्य सबै समूह घटेका छन्, जसमा ट्रेडिङ सेक्टरमा एक प्रतिशत भन्दा धेरै गिरावट आएको छ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ ।
आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कुल कारोबार भएको छ।
समूहगत रूपमा आज फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् । अन्य र ट्रेडिङ सेक्टरमा एक प्रतिशत भन्दा धेरै घटेको छ।
आज कारोबार भएका कम्पनीमध्ये ४३ वटाको शेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ। ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।
आज सबैभन्दा बढी नाफा कमाउनेमा कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ १३.११ प्रतिशत रहेका छन् ।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो, जसको २० करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण