पठाओ नेपालको प्रबन्ध निर्देशकमा यशु थकाली नियुक्त
बुधबार, ०६ जेठ २०८३, २३ : १४
काठमाडौँ । पठाओ नेपाल प्रा. लि. ले कम्पनीको प्रबन्ध निर्देशक (एमडी) पदमा यशु थकालीलाई नियुक्त गरेको छ । थकाली विगत आठ वर्षदेखि पठाओ नेपालमा आबद्ध छन् ।
कम्पनी स्थापना हुँदाको समयदेखि नै टिम सदस्य रहेका थकालीले नेपाल र बंगलादेशमा समेत पठाओको राइड तथा फूड डेलिभरी व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ । उनी हाल पठाओ ग्रुपमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा समेत छन् ।
थकालीको नेतृत्वमा पठाओ नेपालले मुलुकको डिजिटल इकोनोमीलाई अझ सशक्त ढंगले अघि बढाउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले पार्सल डेलिभरी, फूड डेलिभरी, ई(कमर्स, मोबिलिटी तथा अन्य विभिन्न डिजिटल सेवाहरूलाई एउटै प्लेटफर्ममा जोड्ने तयारी गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण