विपक्षी दलहरूकाे एक स्वर : ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम कार्यान्वयन नगरी संसद् चल्न सक्दैन
सारांश
- विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ बमोजिम 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम कार्यान्वयन नभएसम्म संसद् चल्न नसक्ने बताएका छन् ।
- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको नियत संसद्लाई छल्ने रहेको आरोप लगाउँदै नियम ५६ कार्यान्वयनको माग गरेका छन् ।
- श्रम संस्कृति पार्टी, नेकपा र राप्रपाका सांसदहरूले पनि महरको भनाइमा समर्थन जनाउँदै विरोध जारी राख्ने बताएका छन् ।
काठमाडौँ। विपक्षी दलहरूले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम कार्यान्वयन नगरी संसद् चल्न नसक्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ अनुरूपको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुँदासम्म प्रतिनिधि सभा बैठक चल्न नसक्ने बताएका हुन्।
महरले प्रधानमन्त्रीको नियत संसद्लाई छल्ने, उपेक्षा गर्ने रहेको आरोप समेत लगाए। ‘नियम ५६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने भन्ने छ । जेठ महिनाको ७ गते भइसक्यो। आकस्मिक, शून्य र विशेष समय सकिँदा पनि अत्तोपत्तो भएन। नियम ५६ लाई कार्यान्वयन गरियोस्,’ सांसद महरले भने ।
उनले नियम ५६ कार्यान्वयन नहुँदासम्म संसद् अगाडि नबढाउन आग्रह गरे। ‘नियम ५६ कार्यान्वयन नगर्दासम्म हाम्रो विरोध जारी राख्ने जानकारी गराउँछौँ,’ महरले भने।
महरपछि विरोध गरिरहेका श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले पनि महरको भनाइमा समर्थन जनाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले उक्त भनाइमा समर्थन गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण