राज्य व्यवस्था समितिमा पारदर्शिताको माग : बैठक ‘लाइभ’ गर्न नेकपाका प्रमुख सचेतकको आग्रह
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले विगतझैँ प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्नुपर्ने माग राखेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दुलालले समिति सभापतिले आगामी बैठकदेखि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै बैठक सञ्चालनसम्बन्धी कार्यविधि बनेपछि सोहीअनुसार अघि बढ्ने बताएका थिए।
तर, दुलालले मिडियालाई बैठकमा प्रवेश नदिने अभ्यास र विद्यमान कानुनी व्यवस्थालाई बेवास्ता गर्दै बन्न लागेको कार्यविधिको आधारमा दिइएको जवाफप्रति असहमति जनाए।
आजकाे बैठकमा सञ्चारकर्मीलाई सुरुवातमा तस्बिर खिच्न अनुमति दिइए पनि त्यसपछि बाहिरिन भनिएकाे थियाे।
उनले आजको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी समस्या समाधान तथा विपद् पूर्वतयारीजस्ता महत्त्वपूर्ण विषयमा छलफल भएकाले असहमतिका बाबजुद बैठकमा सहभागी भएको स्पष्ट पारे। 'यी विषय पछि सारेर हुने प्रकृतिका होइनन्,' दुलालले बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समिति प्रधानमन्त्री, गृहमन्त्रीलगायतका मन्त्रीहरू तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने महत्त्वपूर्ण संसदीय समिति भएकाले यसको कामकारबाही पारदर्शी र जनताप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन्।
दुलालले समितिको महत्त्व, जिम्मेवारी र पारदर्शिता कायम राख्न सभापतिको ध्यानाकर्षण गराइएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण