बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे 'ओटी'
शनिबार, ०९ जेठ २०८३, ०७ : ५२
सारांश
- बैंकका कर्मचारीहरूलाई अतिरिक्त समय काम गर्न बाध्य नपारिने भएको छ ।
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई ओभरटाइमका लागि बाध्य नपार्न निर्देशन दिएको छ ।
- यदि कर्मचारीहरूले अतिरिक्त समयमा काम गर्न चाहेमा उनीहरूलाई थप पारिश्रमिक दिनुपर्नेछ ।
काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
त्यस्तै, कुनै कर्मचारी ओभरटाइम काम गर्न तयार हुन्छ भने यसबापत थप पारिश्रमिक प्रदान गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंकहरूलाई श्रमसम्बन्धी कानुन र कर्मचारीसम्बन्धी राष्ट्र बैंकको निर्देशन पूर्ण रूपमा पालना गर्न निर्देशन समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण