एक असहाय पिता : निशानको अन्त्येष्टिमा आँशु बगाउँदै आर्यघाट पुगे गणेश (फोटो)
काठमाडौँ । सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बिहिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
मलेसियामा रहेका बाबु गणेश बिहिबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो ।
दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहिबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् ।
विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गणेश निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गणेश थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् ।
निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।
त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण