बारा घटनाबारे रास्वपाले भन्यो– पूर्णतः सत्यहीन, भ्रामक र गलत सूचना प्रचार भयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला भेलामा भएको विवादबारे पार्टीले स्पष्टोक्ति दिएको छ । पार्टीको मधेश प्रदेश कार्यालयले शनिबार भएको उक्त घटनाप्रति र सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहले आज एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा माननीय सांसदलाई 'लखेटिएको' भनी आएका समाचारहरू पूर्णतः सत्यताहीन, भ्रामक र गलत सूचना प्रवाह गर्ने नियतले प्रेरित रहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रमको अन्त्यमा अत्यधिक भिडका कारण माननीय सांसद तथा नेतागण बाहिरिने क्रममा केही मानिसहरू हलमा प्रवेश गरेका थिए । सोही भिडको भिडियोलाई गलत रूपमा प्रयोग गरी तथा पार्टीका सदस्यहरूको सामान्य मतभिन्नतालाई जोडेर पार्टीलाई बदनाम गर्ने नियतले दुष्प्रचार गरिएको पार्टीको दाबी छ ।
यस प्रकारका अपुष्ट र भ्रामक समाचारले राजनीतिक संस्कार, सामाजिक सद्भाव र जनविश्वासमा नकारात्मक असर पार्ने भन्दै रास्वपाले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।
पार्टी सधैं पारदर्शिता, सत्य सूचना र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
_4C8uNDDpn2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण