सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद सेङ्दाङलाई सदनबाट निकालेकोप्रति कांग्रेसको आपत्ति

सभामुख भन्छन्– बाहिर निकालिएको छैन
मङ्गलबार, १२ जेठ २०८३, १७ : १६
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले पार्टीकी सांसद गिताकुमारी सेङदाङलाई सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको भन्दै आपत्ति जनाएको छ ।
  • कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताए ।
  • सभामुख डोल प्रसाद अर्यालले भने सांसद सेङदाङले सभामुखतर्फ स्पष्टसँग देखिने गरी फोटो खिचेको र त्यो सभा सञ्चालनको नियमावली विपरीत भएको तर बाहिर ननिकालेको बताए ।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीकी सांसद गिताकुमारी सेङदाङलाई बाहिर निकालेकोप्रति आपत्ति जनाएको छ । 

कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताए।

‘हाम्रो पार्टीकी सांसद गिताकुमारी सेङ्दाङलाई मर्यादा पालकले फोटो खिचेका निहुमा बाहिर निकालेका छन् । सभामुखको आदेशबेगर गरेको गतिविधि अमान्य हुन्छ । पहिला सचेत बनाउने हो, त्यस गर्दासमेत नमानेपछि बाहिर निकाल्ने हो । कानेखुसीबाट सदन अगाडि बढ्न सक्दैन,’ सांसद राईले भने । 

उनले बोलेपछि सभामुख डोल प्रसाद अर्यालले त्यस विषयमा ध्यानाकर्षण भएको बताए ।

‘गिता कुमारी सेङदाङ सभामुखतर्फ स्पष्टसँग देखिने गरी फोटो खिच्नुभयो । त्यो सभा सञ्चालनको नियमावली विपरीत थियो । खिचेको हो कि होइन, चेकजाँच गरिएको हो । उहाँलाई बाहिर निकालिएको छैन,’ सभामुख अर्यालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप