मर्यादापालकले कांग्रेस सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकाले
मङ्गलबार, १२ जेठ २०८३, १६ : ४१
सारांश
- मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्।
- कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सभामुख अर्यालको अनुमतिबिना बाहिर निकालेका हुन्।
- सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै रुलिङ नगरी बाहिर निकालेका हुन्।
काठमाडौँ । मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्।
कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सभामुख अर्यालको अनुमतिबिना बाहिर निकालेका हुन् ।
सांसद सेन्दाङले बाहिर निकालिएको बताइन् । बाहिर निकालेर खिचेको फेटो डिलिट गरेपछि सेन्दाङलाई मर्यादापालकहरूले भित्र छिर्न दिएका थिए ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडिओ खिच्न नपाउने व्यवस्था भए पनि सभामुख अर्यालको रुलिङबिना प्रतिनिधि सभामा सांसदहरूलाई मर्यादापालकहरूले सभामुखको आदेश बेगर कुनै पनि गतिविधि गर्न पाउँदैनन्।
तर सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै रुलिङ नगरी बाहिर निकालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण