१० बजे १० समाचार : संसद्मा हंगामा, रास्वपाभित्र हलचल
आज २०८३ जेठ १२ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- रविको भारत भ्रमण
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मच्चिएको छ । लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि रास्वपामा हलचल मच्चिएको हो ।
- संसद् बैठक
प्रतिनिधि सभामा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको दबाब र प्रभावमा परेर ‘निरीह’ बनेको देखिएको छ ।
- कछुवा गतिमा फास्ट ट्र्याक
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले ७२.५ किलोमिटरको दूरीमध्ये धेरै ठाउँमा आकार लिइसकेको छ । काठमाडौँलाई तराईसँग १ घन्टाको दूरीमा जोड्ने यो द्रुतमार्गमा सुरुङ मार्गहरू धमाधम ‘ब्रेक थ्रु’ भइरहेका छन् भने अग्ला पुलहरू पनि ठडिँदै छन् ।
- बजेट
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम चरणमा सरकार जुटेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्छ । त्यही अनुरुप अर्थमन्त्रालयले बजेट लेखनलाई अन्तिम चरण छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता समेत संसदबाट पारित गरिसकेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट निर्माणमा व्यस्त भइरहेका बेला लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आगामी बजेटमा उत्पादनमुखी उद्योगलाई प्रोत्साहन, निजी क्षेत्रमैत्री वातावरण, कर प्रणालीमा सहजीकरण, लगानी सुरक्षाको प्रत्याभूति तथा उद्योगी व्यवसायीमा उत्साह जगाउने खालका कार्यक्रम समेटिनुपर्ने बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउने बजेटमा कृषि क्षेत्रको बजेटलाई पनि चासोका साथ हेरिएको छ ।
- आर्थिक अराजकता बढ्दो
मुख्यमन्त्री कँडेलले सत्ता सम्हालेको पहिलो आर्थिक वर्ष (२०८१/०८२) मा कर्णाली प्रदेश सरकारको वित्तीय अराजकता बढेको महालेखा परीक्षकको आठौँ प्रतिवेदनले देखाएको छ ।
- मेगा–सिटी परियोजना
साउदी अरेबियाले आफ्नो महत्त्वाकाङ्क्षी ‘नियोम’ मेगा–सिटी परियोजनाका ठुला निर्माण सम्झौता कटौती र रद्द गर्न थालेपछि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका हजारौँ नेपाली श्रमिकको भविष्य अन्योलमा परेको छ । श्रमिक समुदायबाट प्राप्त प्रारम्भिक अनुमानअनुसार विभिन्न निर्माणस्थलमा कार्यरत करिब ८० हजार नेपाली कामदार यो आकस्मिक रोजगारी सङ्कटमा परेका छन् ।
- मेयरविरुद्ध पक्राउ पुर्जी
लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार अदालतले अनुसूची २२ अनुसार मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
- रास्वपामा महाधिवेशनको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका स्वीकृत गरेसँगै आन्तरिक गृहकार्य तीव्र पारेको छ । महाधिवेशन तयारी सम्बन्धमा जेठ ६ गते बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको थियो ।
- भूमिमाफियाकाे चंगुलबाट मुक्ति
२४ वर्षदेखि भूमाफिया र स्थानीयको कब्जामा रहेको धरानको सर्दु जलाधार क्षेत्रको अतिक्रमित ३४८ बिघा ५ कट्ठा र १५ धुर जग्गा सरकारको पूर्ण स्वामित्वमा आएको छ ।
- राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँगको भेट
प्रधानमन्त्री बालेन शाहले नेपालले छिमेकी, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तका आधारमा अघि बढाइरहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण