बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी

मङ्गलबार, १२ जेठ २०८३, १७ : २१
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक हप्ताभित्र सदनलाई सम्बोधन गर्ने बताएका छन्।
  • प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्‌मा कहिले सम्बोधन गर्ने हो भन्दै विषय उठाएका थिए।
  • बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी विपक्षी सांसदहरूले उठाएको विषय राखेको र सम्भवतः एक हप्ताभित्र प्रधानमन्त्री आउने जानकारी दिएका छन्।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सम्बोधन गर्ने बताएका छन्।

प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्‌मा कहिले सम्बोधन गर्ने हो भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिए । 

त्यसपछि बुर्लाकोटीले भने, ‘मैले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय राखे । सम्भवतः उहाँ एक हप्ताभित्र आउने जानकारी गराउन चाहन्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप