अपडेट
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, १३ जेठ २०८३, ११ : १४
सारांश
- नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
- सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ तोकिएको छ।
सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ।
मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण