सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गाँजालाई नशालु पदार्थ मात्र नहेरौँ, यसबाट अर्बौँको अर्थतन्त्र निर्माण गर्न सकिन्छ : सांसद गेलाल

बुधबार, १३ जेठ २०८३, १३ : ०७
बुधबार, १३ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले देशको अर्थतन्त्र उकास्नका लागि गाँजालाई उपयोग गर्ने नीति तत्काल अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।
  • सांसद गेलालले गाँजाको उपयोगमार्फत युवाहरूको विदेश पलायन रोक्न, देशको अर्थतन्त्र उकास्न र स्वरोजगारीको अवसर सिर्जना हुने गरी आवश्यक नीति ल्याउन सरकारलाई सचेत गराएका हुन्।
  • उनले गाँजालाई नशालु पदार्थको रूपमा मात्रै नहेरी औषधि, कपडा, कागज, तेल, जैविक प्लाष्टिक र निर्माण सामग्रीको कच्चा पदार्थको रूपमा समेत प्रयोग गर्न सकिने बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले देशको अर्थतन्त्र उकास्नका लागि गाँजालाई उपयोग गर्ने नीति तत्काल अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गाँजाको उपयोगमार्फत युवाहरूको विदेश पलायन रोक्न, देशको अर्थतन्त्र उकास्न र स्वरोजगारीको अवसर सिर्जना हुने गरी आवश्यक नीति ल्याउन सरकारलाई सचेत गराएका हुन्। 

सांसद गेलालले विकसित मुलुकहरू अमेरिका, चीन, भारत लगायतका देशहरूले गाँजाबाट अर्बौँको अर्थतन्त्र निर्माण गरिरहेको दृष्टान्त पेस गर्दै नेपालले यसलाई नशालु पदार्थको रूपमा मात्रै हेर्न नहुने बताए।

बैठकमा बोल्दै उनले भने, ‘गाँजालाई नशालु पदार्थ र नशाको रुपमा मात्रै हेरिनु हुँदैन । यो औषधि, कपडा, कागज, तेल, जैविक प्लाष्टिक र निर्माण सामग्रीको कच्चा पदार्थको रुपमा समेत प्रयोग गर्न सकिन्छ । विश्वका धेरैजसो देशहरु युएसए, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, चाईन, भारतलगायतका देशहरुले बैज्ञानिक र व्यवस्थित गरेर अर्वौको अर्थतन्त्र निर्माण गरिरहेका छन् । यी देशहरुको बारेमा मैले विस्तृत अध्ययन पनि गरेको छु । त्यसकारण यसलाई हाम्रो देशले पनि सही निर्णय मार्फत हाम्रो सबै भन्दा ठूलो शक्ति र स्रोत युवाहरुको पलायन रोक्नका लागि र अर्थतन्त्र उकास्नका लागि स्वरोजगार बनाउनका लागि यस नीतिलाई अवलम्वन गरियोस् ।’

सांसद गेलालले गाँजालाई सही निर्णयमार्फत उपयोग गर्ने कुरामा सरकार अब पछि पर्न नहुनेमा जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप