भारतको सहयोगमा १४ वटा विद्यालय निर्माण हुने
सारांश
- नेपालका आठ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र निर्माण व्यवसायीबीच सम्झौता भएको छ ।
- भारत सरकारको ५६ करोड २ लाख अनुदान सहयोगमा गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलान्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा शैक्षिक पूर्वाधार निर्माण हुनेछन् ।
- नवनिर्मित विद्यालयहरू भूकम्प प्रतिरोधी हुनेछन् र छात्रछात्राका लागि छुट्टै सरसफाइ संरचना पनि समावेश हुनेछन् ।
काठमाडौँ । नेपालका आठ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र निर्माण व्यवसायीहरूबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता अन्तर्गत नेरु ५६ करोड २ लाख अनुदान सहयोगमा यी विद्यालयहरूको निर्माण हुन लागेको हो । यस सम्झौता अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलान्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरूमा शैक्षिक पूर्वाधारहरूको निर्माण गरिनेछ ।
काठमाडौँस्थित भारतीय राजदूतावासमा आयोजित सम्झौता कार्यक्रममा दूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, सम्बन्धित अधिकारीहरू र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यी विद्यालयहरू नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन् । नवनिर्मित विद्यालयहरूमा शैक्षिक भवन, फर्निचर सहितका कक्षाकोठाहरूका साथै छात्र र छात्राका लागि छुट्टाछुट्टै सरसफाइका संरचनाहरू समेत उपलब्ध हुनेछन् ।
भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत यसअघि नै ८ जिल्लाका ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेका छन् । भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरू लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण