‘महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन’
सारांश
- नगर प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको निर्णायक उपस्थिति हुनुपर्ने बताएकी छिन् ।
- उनले महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव नभएको बताइन् ।
- ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न सबै तहका सरकार अग्रसर हुनुपर्ने बताएकी छिन् ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको निर्णायक उपस्थिति हुनुपर्ने बताएकी छिन् ।
शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली छोरी सम्मेलन’ कार्यक्रममा बोल्दै ढकालले महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव नभएको बताइन् ।
त्यसका लागि महिला अधिकारका लागि भएका ऐतिहासिक सङ्घर्ष र प्राप्त उपलब्धिको संरक्षण गर्दै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नगर प्रमुख ढकालले २०६३ सालमा संसदबाट पारित ऐतिहासिक चार बुँदे घोषणाले महिलाको समान अधिकार र राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको बताइन् ।
‘त्यसैले नेपाली महिलाको राजनीतिक तथा सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ,’ उनले थपिन्, ‘महिला अधिकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै पनि लैङ्गिक विभेद, हिंसा, असमान अवसर तथा सामाजिक कुरीतिका चुनौती नै छन् ।’
यस्ता चुनौतीको अन्त्यका लागि राज्य, समाज र परिवार सबै तहबाट सामूहिक प्रयास आवश्यक रहेको ढकालले बताइन् । उनले थप भनिन्, ‘महिलाहरू अब पीडा र उत्पीडनका कथामा मात्र सीमित नरही आफ्ना सङ्घर्ष, सफलता र उपलब्धिका प्रेरणादायी कथामार्फत समाज परिवर्तनको नेतृत्व गर्न सक्षम छन् ।’
ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न सबै तहका सरकार अग्रसर हुनुपर्ने पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण