प्रथम मुख्यसचिवको सालिक अनावरण
काठमाडौँ । गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षक समेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको २० वर्षपछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो । सहिद स्मारकका अधिकांश काम सुरु भए पनि सकिएको छैन । धेरै संरचना निर्माण सुरु भएर अलपत्र बनेका छन् । निजामती पार्क क्षेत्रमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गर्दै मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए ।
निजामती कर्मचारीको धरोहरका रूपमा निजामती पार्कलाई विकास गरी नयाँ मुख्यसचिव नियुक्त भएपछि यहाँ आएर शपथ खाने र माल्यार्पण गर्ने स्थलमा रुपान्तरण गरी विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशिका बनाएर व्यवस्थित गरिने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रजातन्त्र सेनानी नारायणबहादुर श्रेष्ठ, प्रथम मुख्यसचिव थापाका नाति विजय थापा, पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले सहिद तथा शान्ति स्माक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण