श्रीमान् हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ
सारांश
- बागलुङको जैमिनीमा मजदुर हत्या आरोपमा तीन पक्राउ परेका छन्।
- श्रीमतीसहित तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ।
- घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।
मृतक सार्कीसहित चारै जना हाडीकोटमा मजदुरी गर्दै आएका थिए । सोमबार बिहान छोरेडाँडाखानी गाउँमा मदिरा सेवा गरेर गर्ने स्थलतर्फ जाँदै गर्दा सामान्य विवाद हुँदा सार्कीलाई तीन जनाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक प्रसाईँ बताउँछन् । जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरी उपरीक्षक प्रसाईँले भने, “जैमिनीको हाडीकोटमा उनीहरू सबै मजदुरी गर्न आएका रहेछन्, मदिरा सेवा गरी सामान्य झैझगडा हुँदा हत्यासम्मको स्थितिमा पुगेछ, हामीलाई जङ्गलमा मजुदरको शव फेला परेको खबर पाउँदा साथ प्रहरी टोली त्यहाँ पुगेको थियो । राति नै हत्यामा संलग्न भएका तीन जनालाई गाउँबाटै नियन्त्रणमा लिएका हौँ ।”
मृतक सार्की र उनकी पत्नी नेपालीबिच ३६ वर्षको उमेर अन्तर देखिन्छ । बेला बेलामा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा पहिलेदेखि नै हुँदै आएको अनुसन्धानमा खुलेको प्रसाईँले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । मृतक सार्कीको जेठी श्रीमतीतर्फ दुई छोरी, माइलीतर्फ एक छोरा र हालकी श्रीमतीबाट चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण