बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

फागुनको निर्वाचनमा एमालेले इतिहासकै ठुलो धक्का खायो : विष्णु पौडेल

बुधबार, २० जेठ २०८३, ११ : ५६
बुधबार, २० जेठ २०८३

सारांश

  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गत फागुन २१ मा भएको निर्वाचनमा इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन् ।
  • उनले जनतासँगको पार्टीको सम्बन्ध टुटेको स्वीकार गर्दै पार्टी पुनः क्रियाशील हुने विश्वास व्यक्त गरे ।
  • पौडेलले पार्टी सदस्यतालाई पार्टी निर्माणको महत्त्वपूर्ण आधार र पार्टीको भविष्य निर्धारण गर्ने तत्वका रूपमा उल्लेख गरे ।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गत फागुन २१ मा भएको निर्वाचनमा नेकपा एमालेले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन् । 

बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । 

‘जनतासँगको पार्टीको सम्बन्ध टुटेको छ । तर हामी फेरी जुरमुराएर अघि बढ्छौ’, उपाध्यक्ष पौडेलले भने, ‘गत निर्वाचनमा हामीले इतिहासको सबभन्दा ठुलो धक्का खायौँ । त्यो निर्वाचनको पराजय एमालेको इतिहासकै सबैभन्दा ठुलो पराजय हो । तर हामी धुलो टकटकाएर भए पनि उठ्छौँ ।’

उनले पार्टी सदस्यताको प्रश्न महत्त्वपूर्ण हुने पनि बताए ।  ‘पार्टी सदस्यताको प्रश्न पार्टी निर्माणको महत्त्वपूर्ण आधार हो’, पौडेलले भने, ‘सदस्यहरू कस्ता हुन्छन् त्यसका आधारमा पार्टीको भविष्य निर्धारण हुन्छ ।’ उनले सदस्यहरू सङ्गठित, क्रियाशील भए मात्र लक्ष्य हासिल गर्न नसकिने भन्दै विचारसँग पनि जोडिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप