भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
सारांश
- काठमाडौँको भृकुटीमण्डपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करणको उद्घाटन गरेका छन्।
- नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो।
- यो मेला जेठ २५ गतेसम्म सञ्चालन हुनेछ र यसमा नेपाल, भारत र चीनका कम्पनीहरूको सहभागिता रहेको छ।
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सुरु भएको छ।
नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस गरिमामय प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन्। ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा यो मेला आयोजना गरिएको हो।

आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीलाई नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मेलाका रूपमा लिइन्छ। आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिको प्रदर्शन गर्नेछ। साथै यसले व्यावसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।

यस पटकको मेलामा नेपाल, भारत र चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको उल्लेखनीय सहभागिता रहेको छ। प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय क्षेत्रका अत्याधुनिक प्रविधि र सेवाहरू मुख्य आकर्षणका रूपमा प्रदर्शित गरिएका छन्।

उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था र उपभोक्ताहरूलाई एकै ठाउँमा ल्याएर ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने एक महत्त्वपूर्ण मञ्चका रूपमा यो प्रदर्शनी स्थापित भएको आयोजकले जनाएको छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण